जेन जेड युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन्।
टंगालस्थित अख्तियारको कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन्।
उनीहरूले सिंहदरवारसहित सर्वोच्च अदालत, अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन्।
सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन्।
