नेपाली सेनाले हालैको जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार, गोलीगट्ठा र अन्य सुरक्षा सामग्रीहरू अविलम्ब सुरक्षा निकायलाई फिर्ता गर्न आग्रह गरेको छ।

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई  बुझाउन अनुरोध गरेको हो। 

विज्ञप्तिमा प्रदर्शनका क्रममा ‘काेही कसैले सुरक्षाकर्मीका हतियार लिएर गएकाे भए त्यसकाे दुरूपयाेग भई जनधनकाे क्षति हुनसक्ने कुरालाई मध्यनगर गरेर’ सुरक्षाकर्मीलाई सूचना दिन र बुझाउन भनेको र कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ।

साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *