अन्तरिम सरकारको नेतृत्व लिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छन्।
जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका हुन्।
‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेन-जी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जाऊँ।’
पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो ।
