नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा साविकको खुद्रा मूल्यलाई नै यथावत राखेको छ। भदौ ३० गते, विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएपनि हाललाई पुरानै मूल्यलाई यथावत राखिएको बताएको छ।

‘आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको,’ विज्ञप्तिमा उल्लेख छ।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा बढेर आएको निगमले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *