सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ। कानूनअनुसार गएको भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको हो।
अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कर्फ्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएकोले सो कुरालाई मध्यनजर गर्दै भदौ २५ गतेसम्म पेश गर्नुपर्ने साउन मसान्तसम्मको मासिक मूल्य अभिवृद्धि दर, अन्तः शुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम असोज २५ गतेसम्म दाखिला गर्न सकिने बताएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर तिर्ने समय एक महिना थप गर्ने, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गर्ने व्यवसायीलाई बताउनुभएको थियो।
