कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ।
जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईले जानकारी दिए।
उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो। उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो।

