आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो।

यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ। सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ। अघिल्लो वर्ष यो अवधिमा झण्डै ३५ हजार पर्यटक नेपाल घुम्न आएका थिए। यसपाली २७ हजार हाराहारी रहेको छ।

पछिल्लो जेन–जी आन्दोलनको असर पर्यटन क्षेत्रमा पनि परेको छ। होटल प्रतिष्ठानलगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र प्रभावित भएको हो। विगतको भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किन क्रममा थियो। तर पछिल्लो विषम अवस्थाले पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ। अब फेरि पर्यटन क्षेत्रलाई उठाउने सरोकारवालाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *