दशैंको अवसरमा चर्चित लोकगायक तथा अभिनेता प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको ’छैन र माया’ बोलको गीतमा प्रकाश र मेलिना राईको युगल स्वर छ। दूतराजले पछिल्लो पटक आफ्ना गीतमा लगातार मेलिनासँग सहकार्य गरिरहेका छन्। उनीहरूको यसअघिको सहकार्यमा रहेका ’जुन माया’, ’रिमै’, ’रेशम’, ’राम साइँली’ गरी सबै गीत हिट छन्।

‘छैन र माया’ गीतको शब्द तथा संगीत प्रकाशकै हो । यसमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्। प्रेमकथा बोकेको गीतको भिडियो मुस्ताङ जिल्लाको तेताङ गाउँमा खिचिएको हो । सुन्दर दृश्यमा खिचिएको भिडियोमा प्रकाश र अञ्जली जिसीको अभिनय छ। मुकेश नेपालीको नृत्य निर्देशन, अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले निर्देशन र सम्पादन गरेका हुन्।

युट्यूवमा सार्वजनिक भएको यो गीतलाई दर्शकले साथ दिएका छन्। एक दिनमै करिब ८ लाखले गीतको भिडियो हेरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *