विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ।

नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ। स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। ‘मुटुलाई धड्किन दिऊ’ भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ। 

खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ। मुटुरोगबाट बच्चनको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने र उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ। जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ।

रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ। मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका हुने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *