लाङटाङ क्षेत्रमा ट्रेकिङ गएका चार जना खोलाले बगाउँदा बेपत्ता भएका छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्सामा शनिबार  बेलुका आएको बाढीले उनीहरुलाई बगाएको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार बेपत्ता हुनेमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २५ वर्षकी संस्कृति श्रेष्ठ,  किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्। 

वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा आठ जनालाई बगाएको थियो। तीमध्ये चार जना सम्पर्कमा आएका छन्।

अहिले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *