नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई हवाई भाडामा ५० देखि ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ।

कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो।

बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ।

यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ। यो व्यवस्थाले हवाई यात्रा गर्न चाहने पाका उमेरका नागरिकलाई ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

यसका साथै जुनसुकै उमेर समूहका अपाङ्गता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था मिलाइएको छ। बैठकका निर्णय आइतबारदेखि लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *