काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन्। उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन ?’
उनले लेखेका छन्, ‘तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको उनले बताए। नेताहरूलाई लक्षित गर्दै उनले अगाडि भने, ‘भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौँ!’

