नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

रातो कपडामा सजिएर गएका उनीसहितका नेता-कार्यकर्ताहरूले नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि निवेदन दिएका छन्। अहिले सनाखतको प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टी अध्यक्षमा कबीर सोबको नाम राखिएको छ। त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ।

२८ वर्षीय सोब कैलाली टिकापुरका हुन्। चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि सँगै थिए।

चौधरीले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *