मुख्यसचिव एकनारायण अर्यालसँग जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले बयान लिएको छ। आयोगको कार्यालयमा बोलाएर अर्यालसँग बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको हो। अर्याल यही साता अवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ। अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि अहिले नै लिइएको बताइएको छ।
