नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।

अर्याल २०७७ माघमा सचिवमा बढुवा हुनुभएको थियो। उहाँले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गर्नु भएको थियो।

२०२५ असार २६ गते जन्मिएका काठमाडौँ जोरपाटीका अर्यालले उमेरहदका कारण २०८३ असार २५ गते अवकाश पाउनु हुने छ।

५८ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका एकनारायण अर्याल यही मङ्सिर १० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *