सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई कम्पनीलाई कालोसूचीमा राखेको छ।
मंगलवार अनुगमन कार्यालयले दुई वटै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो।सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

