सुदूरपश्चिम राेयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि जितेकाे छ। कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा आज भएकाे फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हासिल गरेको हो।
यो हारसँगै सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेतामा सीमित भएको छ। प्रतियोगिताको पहिलो संस्करणमा पनि सुदूरपशिचम उपविजेता बनेको थियो। पहिलो संस्करणमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग हार बेहोर्नुपरेको थियो।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिताको फाइनल खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनिका ओपनर दिनेश अधिकारीले खलेको पहिलो ओभर बलिङका लागि आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको ओभरमा चार छक्का प्रहार गरेर खेललाई थप सहज बनाइदिए। ऐरीले पहिलो ओभरमा २७ रन खर्चे।
ओपनिङका लागि आएका लुम्बिनीका दिनेशले ४२, डी आर्सी सर्टले १४ र कप्तान रोहित पौडेलले १६ रन बनाए। निरोशम डिकवेलाले अविजित ११ रन बनाउँदा सन्दीप जोरा शून्यमा आउट भए। लुम्बिनीका लागि दिलिप नाथले ‘विनिङ’ सट लगाए।
सुदूरपश्चिमका लागि हेमन्त धामीले २, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १९.१ ओभरमा सबै विकेट गुमाएर जम्मा ८५ रन बनाउनसक्यो।
सुदूरपश्चिमका ब्याटरहरू लुम्बिनीको तिखो बलिङसामू धारासायी भए। लुुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक लिँदा सुदूरपश्चिमका ब्याटरहरू निरीह देखिए।
प्रतियोगिताको महत्वपूर्ण खेलमा सुदूरपश्चिमले २० ओभर खेलेर सबै विकेट गुमाएर जम्मा ९१ रन बनाउनसक्यो।
सुदूरपशिचमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी १३ र हर्मित सिंह १० रन बनाएर आउट। यीबाहेक अन्य कुनै पनि ब्याटर दोहरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका तीन जना ब्याटर शून्य रनमा आउट भए।
लुम्बिनीका लागि कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले ३–३ तथा तिलक भण्डारीले १ विकेट लिए।
