सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले आइतबार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँ बढाएको हो।

बढेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल प्रतिलिटिर १५२ रुपैयाँ कायम भएको निगमले जारी गरेको  विज्ञप्तिमा  उल्लेख छ।

अन्तर्राष्ट्रय बजारमा मूल्य बढेर आएको नेपाली बजारमा मूल्य समायोजन गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ। निगमले एलपी ग्यासको भने मूल्य बढाएको छैन।  पेट्रोलियममा मूल्य बढाइए पनि निगमले १५ दिनमा तीन अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *