नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैत्रसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो।

चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ।

पटक–पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *