संङ्घिय संसद

प्रतिनिधि सभाको सभामुख चयनको लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले आइतबारका लागि सभामुख चयनको समय निर्धारण गरेको हो।  

सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिका तय गर्न संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेयलाई आग्रह गरेका थिए। जसअनुसार सचिव पाण्डेयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ। 

सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ। सोहीअनुसार जेष्ठ सदस्य केसीले सभामुख चयनको लागि निर्वाचनको मिति तोकेका हुन्।

सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *