राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदहरूलाई लेबी तोकेको छ।

हिजो बसेको संसदीय दल बैठकले मन्त्रीहरूलाई १८ हजार र सांसदहरूलाई १६ हजार ५ सयका दरले लेबी तोक्ने निर्णय गरेको महामन्त्रीसमेत रहेका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

मन्त्रीका स्वकीय सचिव रहने व्यवस्था रह्यो भने उनीहरूले मासिक रूपमा दुई हजार लेबी तिर्नुपर्नेछ। रास्वपाबाट प्रधानमन्त्रीसहित १६ मन्त्री छन् भने १८२ जना सांसद छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *