संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाइएका स्थानीय तहमा हाजिर हुन प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको निकायमा गई कामकाज सम्हाल्न निर्देशन दिएको हो।
मन्त्रालयले २०८३ वैशाख १० गते पत्राचार गर्दै तोकिएको समयभित्र रमाना नलिई हाजिर हुन नजाने कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
लामो समयदेखि सरुवा भएको स्थानीय तहमा जान अटेर गरी साविककै कार्यालयमा बसिरहने प्रवृत्तिलाई नियन्त्रण गर्न मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।
साथै आगामी दिनमा पनि अवधि पुगी हाजिर नहुने कर्मचारीहरूमाथि कडा कानुनी कारबाही अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
