कैलाली । टीकापुर नगरपालिका उपप्रमुख खडक बहादुर शाह निलम्बित भएका छन् । हालका नगर उप-प्रमुख शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य रहेका थिए।
उनी नगर विकास समितिका सदस्य रहदा कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले शाह सहितका अन्य २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले उनलाई निलम्बन गरेको नगरपालिकाका सूचना अधिकारीले जानकारी दिनुभएको छ ।
