देशका विभिन्न ८ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि २१८ जनाको आवेदन परेको छ। उच्च शिक्षाको नेतृत्व चयन प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेसँगै शिक्षा तथा खेलकुद मन्त्रालयले आवेदकहरूको सूची सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा ५० वटा आवेदन दर्ता भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ वटा आवेदन परेका छन् ।
यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा १९, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ तथा राजर्षि जनक विश्वविद्यालयमा २७ आवेदन परेको मन्त्रालयले जनाएको छ ।
