वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ।

सिंह आज बिहान सवा ६ बजे पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए। लिखत किर्तेसम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट ८ दिनअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।