दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन्। द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो।

आर्या निशांत मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भए। ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेसनल–२०२५ की विजेता पनि हुन्।

हङकङमा बस्दै आएकी उनले फाइनान्स एन्ड इकोनोमिक्स विषयमा स्नातक गरेकी छन्।