जिल्ला कारागार मोरङमा नियमित खानतलासीका लागि पुगेको प्रहरी टोलीलाई अवरोध गर्दै कैदीबन्दीले प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका–८ स्थित कारागारको ब्लक ‘बी’ का कैदीबन्दीले सोमबार बिहान छतमा चढेर विरोध जनाएका हुन्।

प्रहरीले बिहान करिब ५ बजेदेखि कारागारभित्र खानतलासी सुरु गरेको थियो। खानतलासीका क्रममा ब्लक ‘बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेको प्रशासनले जनाएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितको सुरक्षा टोली कारागारमा पुगेको छ।

प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेको थियो।

तर प्रहरीको टोलीले खानतलासी सुरु गरेपछि ब्लक ’बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्। प्रशासनले बारम्बार दु:ख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *