राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
बैठक बिहीबार (भोलि) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने रास्वपा महामन्त्री विपिन आचार्यले बताए।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।
साथै बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा राजनीतिक दलहरूबीच सहकार्य गरी संयुक्त कदम चाल्ने विषयमा समेत छलफल हुने बताइएको छ।
