काठमाण्डौ – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने निर्णय गरेको छ ।

उक्त सम्मेलनले आयोगहरूबाट पदपूर्ति गरिने प्राविधिक र अप्राविधिकतर्फ विभिन्न सेवा, समूह, उपसमूह श्रेणी वा तह र पदको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो । आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको छ ।  आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ ।

आयोगले लिने परीक्षाहरू समयानुकूल नभएको भनी आलोचना भई रहँदा गरिएको यो निर्णय सकारात्मक भएको परीक्षार्थीहरूको भनाई छ ।

यही फागुन २३ र २४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चौथो सम्मेलनमा लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौँसँगै सातै प्रदेशका लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पुर्‍याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने पाँच बुँदे घोषणापत्र र १३ बुँदे निर्णय जारी गरिएको जानकारी दिनुभयो ।

हेर्नुहोस् निर्णय: