काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा)ले कोरिया तथा जापानमा स्नातकोत्तर र विद्यावारिधिको लागि आवेदन खुला गरेको जनाएको छ ।
अध्ययन छात्रवृत्ति कार्यक्रममा निजामती सेवा ऐन २०४९ (संशोधन सहित) को दफा ४०ख को उपदफा ३ बमोजिम गठित समितिको मिति २०८०।११।२० गते बसेको ३८६ औं वैठकले सबै निकायका लागि खुला गरेको यस मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड कार्यरत इच्छुक निजामती कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
इच्छुक उम्मेदवारले जापानका लागी मिति २०८०।१२।०९ गते र कोरियाका लागी २०८०।११।२९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
