काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका फाल्गुन ३० गतेसम्म दल दर्ताका लागी निवेदन दिने समय राखेकोमा हिजोसम्म २० दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने अन्तिम समय फागुन ३० गतेसम्म तोकेको थियो ।

निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् ।

एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क)मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि रिक्त हुन गएकाले उपनिर्वाचन हुन लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री समेत रहेका सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो ।

रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन नदिएको हो ।

431815692_738476408067367_192572320659134476_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *