काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो। निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी सोही अनुरुप मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ। जसअनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।
घटेको मूल्य आज राति १२ देखि लागू हुने निगमले जानकारी दिएको छ ।

