विराटनगर। मोरङको रंगेली नगरपालिका वडा नं ३ मा शनिबार दिउँसो आगलागी हुँदा २० भन्दा बढी घर जलेर नष्ट भएका छन् ।
रंगेली नगरपालिका-३ बाबू सहायक टोलका जंगली मुर्मुको गाई ग्वालीबाट दिउँसो २:२० बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ। विभिन्न ठाउँबाट आएका दमकलसँगै सुरक्षाकर्मी र स्थानीयले आगो निभाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जन कुमार दाहालले बताए । बिजुली सर्ट भएर आगो लागेको अनुमान छ ।
प्रहरीका अनुसार घरहरू बाँसको टाटीले बारेका र सेन्टीबेरा लगाएर बनाइएका थिए। घटनामा कति बराबरको क्षति भयो भन्ने यकिन छैन । आगोले सिंगो बस्ती ध्वस्त बनाएको छ।
