काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलगाएतले दायर गरेको रिटमाथि यहि चैत्र १२ मा फैसला आउने भएको हो । उनले बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा परेका रिटको फैसला सर्वोच्च अदालतले दिने भएको छ ।
मेडिकल कलेजको सम्बन्धनका विषयमा तीन दिनको सुनुवाइपछि सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो । न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीनवटै रिटमाथि १२ चैत्रमा फैसला दिने भएको हो ।
सरकारबाट एलओसी पाप्त गरि संरचना निर्माण गरे पनि झापाको बिर्तामोडस्थित उक्त कलेजलाई मेडिकल शिक्षा अध्यापनका लागि सम्बन्धन नदिइएको विषयमा प्रसाईंलगाएतले विभिन्न मितिमा रिट दर्ता गराएका थिए । उक्त विषयमा ०७७ देखि ०७८ सम्म तीन रिट परेका थिए ।
