काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यका लागी सात जना मनोनित भएका छन् । ती सदस्यहरु राष्ट्रिय सभाको बुधवारको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ मा व्यवस्था भए बमोजिम मनोनयन भएका हुन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका थिए ।जसलाई सभाले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाको बैठक जारी छ ।
