काठमाडौँ। तराई-मधेश क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई-मधेशमा होली पर्व मनाइँदैछ।

पुराणहरुका अनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्न खोज्दा ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको सम्झनामा पराम्परागत रुपमा होली मनाउँदै आइएको छ भने द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पुतना मारिएको खुशीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहदैँ आएको छ।

तराई क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफान्तहरु मिलेर रंगहरु दलेर एक आपासमा खुसीयाली साटासाट गर्ने चलन रहदैँ आएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज तराई-मधेशमा होली पर्व मनाउँने परम्परा रहेको छ।