काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १४ स्थित साउनेका ३ बालबालिका शनिबार होली खेलेर नुहाउन सुनकोशी नदीमा जाँदा उनीहरु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा गई नुहाउने क्रममा बेपत्ता भएका हुन । सुनकोशी नदीमा पाँचजना बालबालिका पौडी खेल्न प्रवेश गरे पनि दुईजना भने निक्लिन सफल भएका थिए ।
नदीमा बेपत्ता भएका बालबालिकाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
