काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट हराएकी छन् ।
मेयर हमालकी जेठी छोरी आरती हमाल भारतको गोवाबाट हराएकी हुन् । उनले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवाको जोरबा वाइब आस्बिन ब्रिजबाट हराएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् ।
मेयर हमालले छोरीको खोजीका लागि सहयोग गरिदिन समेत आग्रह गरेका छन् । आरती केही महिनादेखि ओशो ध्यानका लागि गोवा बस्दै आएकी थिइन् ।
मेयर हमालले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’

