काठमाडौँ । उच्च अदालत पाटनले नेपाली क्रिकेटर सन्दीप लामिछानेको पहिलो सुनुवाइका लागी चैत्र २३ गते शुक्रबार मिति तोकेको छ ।
गत वर्ष ‘गौशाला २६’ ले क्रिकेटर लामिछाने विरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरी ८ वर्षका लागी कैद सजाय सुनाएकोमा उक्त फैसलामा चित्त नबुझाएपछि जिल्ला अदालत काठमाडौँको फैसला पुनरावलोकनका लागि उच्च अदालतमा निवेदन दिएका हुन् ।
एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत्र २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि उनी नावालिग नै रहेको भन्दै फैसला पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने र त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।
