काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भैरहेको आयरल्याण्ड ए र नेपाल ए विचको टी–२० अभ्यास खेलमा नेपालका ब्याटर आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।
नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ। आरिफले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।
