धनगढी – कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आगलागी भएको छ। उखु बोकेर राजापुरतर्फ गइरहेको उक्त ट्रकमा आगलागी भएको हो।
कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकले विद्युत तार छोएपछि आगलागी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दले बताएका छन्। ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले बताए ।
