बाँके कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का ६६ वर्षीय (वृद्ध कैदी) अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए ।
कारागार प्रमुख शाहका अनुसार आज बिहान ४:१५ बजे तिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पताल लगिएको तर पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहेका थिए। गत पुस १७ गते मृतक जोलाह पूर्पक्षमा कारागार चलान भएको कारागारका प्रमुख शाहले बताए ।
