काठमाडौँ । गएराती सम्पन्न साउदी प्रो लिगको फुटबल खेलमा अल हिलालले अल खालिजलाई पराजित गरेको छ । अल खालिजलाई ४–१ गोल अन्तरले पराजित गर्दै अल हिलालले सानदार जित निकालेको हो ।
अल हिलालका लागि माल्कमले दुई तथा सालेह अलशेश्री र अब्दुल्लाह अल हामदानले एक–एक गोल गरेका थिए । त्यस्तै अल खालिजका लागि भने मोहमद शेरिफले एक गोल गरेका थिए ।
यो जितसँगै अल हिलाल २७ खेलबाट ७७ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । अल हिलालले २७ खेलमा २५ मा जित र दुईमा बराबरी गरेको छ । पराजित भएको अल खालिज ३४ अंकसहित नवौँ स्थानमा रहेको छ ।

त्यस्तै क्रिस्टियानो रोनाल्डो सम्मानित दोस्रो स्थानको अल नासरले शुक्रबार अर्को खेलमा दमाक एफसीलाई हराएको थियो। एमकिर लापोर्टले इन्जुरी सयमको पहिलो मिनेटमा गरेको गोलमा अल नासर विजयी भएको थियो । लिग अन्तर्गत अल नासर ६५ अंकका साथ दोस्रो स्थानमा छ ।
