काठमाडौँ । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै किटानी जाहेरी दिएकी छन् ।

हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीको स्रोत अनुसार जानकारी प्राप्त भएको छ। यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको छ ।

जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ । बस्नेत र आफ्नो १० वर्षदेखि प्रेम सम्बन्ध रहेको तर पछिल्लो समय बस्नेतले आफूलाई झुक्याएर गलत औषधि खान दिई गर्भपतन गराइदिएको, बिरामी अवस्थामा बलात्कार गरेको पीडित महिलाको दाबी छ।