काठमाडौँ । पोखरा महानगरका सवइन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

रोकायलाई पोखरा महानगरपालिका-५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका-८ बाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । घर निर्माण सम्पन्न प्रमाणपत्र दिने नाममा लिएको डेढ लाख घुससहित उनीहरुलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए । अख्तियारले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।

दुवैलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।