काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन्।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्ष चयन गरेको हो। अग्रवाल यस अघि चेम्बरका वरिष्ठ उपाध्यक्ष थिए। उनी दुई दशकदेखि चेम्बरमा आबद्ध थिए।

उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष भन्दा बढीको व्यावसायिक अनुभव भएका अग्रवाललाई नयाँ अध्यक्षको रुपमा निर्वाचित भएको भन्दै निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कार्यभार हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरे। उनले त्रिभुवन बिश्वबिध्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

त्यस्तै चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मलहोत्रा निर्वाचित भएका छन् । जिल्ला तर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे, उद्योगतर्फ दिपक श्रेष्ठ, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ र द्धिराष्ट्रियमा निलकण्ठ चौलागाईं निर्वाचित भएका छन् ।

७३ औं वार्षिक साधारण सभाले अर्जुन प्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ। ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीत बाहेक ५५ जना केन्द्रीय सदस्य चयन गरिएको छ।