काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेबाट डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअघि मनोनीत सांसद विमला पौड्यालको पदावधि सकिएको थियो । रिक्त स्थानमा शाक्यलाई सिफारिश गरिएको हो ।

एमालेका अध्यक्ष के पी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुष १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन् । त्यस्तै, उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि बनेकी थिइन्।