काठमाडौँ । मन्त्रिपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको रूपमा मान्यता दिने निर्णय गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो ।
कृषि आनुवंशिक स्रोत केन्द्रले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिन लामो समयदेखि माग गर्दै आएको थियो।
