काठमाडौँ । आगो निभाउन गएको एक दमकल दुर्घटनामा परेको छ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सशस्त्र प्रहरी र नगर प्रहरीका तीनतीन जना रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले जानकारी दिए । घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।

इन्डिन मोडल स्कुल जाने बाटोमा आगलागी भएको थियो । अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल पल्टिएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।