काठमाडौँ । आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाएको हो ।

पत्रमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ । राप्रपाले गएको २७ गते भद्रकालीमा गरेको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ । 

पत्रमा एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भनिएको छ ।